२०८१ मङ्सिर २५ गते मङ्गलवार

एमसीसीबारे निर्णय लिन गठबन्धनको बैठक सुरु



५ फागुन, काठमाडौं –
सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे निर्णय लिने छ ।

एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ ।

प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा उभिएको अवस्था छ । एमसीसी अगाडि बढ्छ वा गठबन्धन फुट्छ भन्ने निर्धारण आजको बैठकले तय गर्ने काँग्रेस नेता बताउँछन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्