२०८१ मङ्सिर १६ गते आइतवार

बृद्धबृद्धालाई भत्तामा सास्ती, घोराहीका अधिकांश बैंकमा भिडभाड



५ फागुन,घोराही-
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न जेष्ठ नागरिकहरुलाई बैंकमा लाईन बस्नु पर्दा सास्ती खेप्नु परेको छ । घोराहीको साईन रेसुंगा बैंकमा आज एक सय भन्दा धेरै जेष्ठनागरिक लाईनमा देखिएका छन् ।

यस्तै शिभिल बैंक, सेन्चुरी बैंक, माछापुच्र्छे बैंक, प्रभु बैंक तथा घोराहीका अन्य बैंकहरुमा पनि बृद्धबृद्धाको चाप उस्तै देखिएको छ । दाङका स्थानिय तहहरुले वडा अनुसार बैंकमा सामाजिक सुरक्षा भत्ता पठाउने गरेका छन् ।

उक्त भत्ता लिनका लागि आफै बैंकमा आएर लाईनमा घण्टौ बस्नुपर्दा सास्ती भएको घोराहीका बलबिर चौधरीले बताउनुभयो । बैंकहरुमा लाईन लाग्ने ठाउँको समेत अभाव हुदा सडकसम्म बृद्धबृद्धाहरु बस्न बाध्य भएका छन् ।

जाडो मौसम र बुढ्यौली उमेरका विच पनि जेष्ठ नागरिकहरु भत्ताका लागि जोखिम मोल्न बाध्य भएका छन् । विभिन्न सेवाहरु दिनु पर्ने बैंकहरुलाई पनि जेष्ठ नागरिकहरुको सेवा प्रबाहमा समस्या हुने गरेको जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्