२०८१ मङ्सिर २५ गते मङ्गलवार

दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग



५ फागुन,घोराही – लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा करिब दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका गरिब, मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो ।

सरकारको निर्णयलाई कार्यान्वयन गर्न लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको छ ।

नारायणी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सूचिकृत गर्दै लुम्बिनी प्रदेशमा सरकारले निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो । यसअघि संघीय सरकारबाट क्यान्सरका बिरामीलाई १ लाख रुपैयाँ सहयोग गर्दै आएको र प्रदेश सरकारबाट थप २ लाख रुपैयाँ सहयोग गरिने निर्देशक गिरीले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्