२०८१ मङ्सिर १६ गते आइतवार

तुलसीपुरका ईट्टा उद्योगमा ३४८ जना बालबालिका श्रममा



५ फागुन,घोराही – तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न क्षेत्रमा रहेका ईट्टा उद्योगमा झण्डै ३ सय ४८ जना बालबालिका श्रममा रहेको एक तथ्यांकले देखाएको छ । बेस संस्था अन्तर्गतको सक्रिय परियोजनाले २०२० मा गरेको अध्ययन बिश्लेषणमा उपमहानगरपालिकाका बिभिन्न स्थानमा रहेका १५ वटा ईट्टा उद्योगमा गरिएको अध्ययन बिश्लेषणले एक ० जना बालक, १ सय ६ जना बालिका रहेका छन् ।

ती मध्ये ५ देखि १० बर्षका ३२ जना मध्ये बालक १८ र बालिका १४ जना, ११ देखि १८ मुनिका ३ सय १६ जना मध्ये १ सय ६२ जना बालक र १ सय ५४ जना बालिका बालश्रममा रहेका बेस संस्थाका कार्यक्रम निर्देशक पिङकी डाँगीले जानकारी दिनुभयो ।

बाल अधिकार ऐन २०७५ ले ब्यबस्था गरे अनुसार वडा स्तरीय बाल अधिकार समिति गठन, सामाजिक सचेतना कार्यक्रम, श्रमिक बालबालिकालाई परिवारमा पूर्नस्थापना गर्ने, उनीहरुलाई पढाउने र सिप सिकाई आत्म निर्भर बनाउने, बालश्रमिकहरुलाई नराखेका कल कारखानालाई पुरस्कृत तथा सम्मान गर्नुपर्ने, आबश्यक कार्यबिधि, नीति र निर्देशीका बनाएर कार्यान्वयन गर्नुपर्ने, बालबालिकाको गुनासो सुनुवाई डेक्स राख्नुपर्ने लगायतमा निर्देशक डाँगीले जोड दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्