२०८१ चैत्र ११ गते सोमवार

तुलसीपुर उद्योग वाणिज्यसंघको पदहस्तान्तरण कार्यक्रम



५ फागुन,तुलसीपुर ।

तुलसीपुर उद्योग वाणिज्यसंघमा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पदहस्तान्तरण गर्दै नवनिर्वाचित अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उद्योग वाणिज्यसंघमा राजनितिको र पनि उच्चारण नगर्ने र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उद्योग वाणिज्यसंघलाइ आर्थिक सल्लाहकार बनाउने उद्घोष गरे । निर्वाचन सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका निर्वाचन संयोजक तथा तुलसीपुर उद्योग वाणिज्यसंघका कानुनी सल्लाहकार प्रवीण लम्सालले निर्वाचनलाइ सवैपक्षबाट सम्पन्न गर्नकालागी केहि समस्या देखिएपनि निर्वाचनमा कसैलाइपनि निशेष नगरीएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको समृद्धिकालागी अन्तराष्ट्रिय लगानीमैत्री वातावरण बनाउन चाहेको भन्दै त्यसमा हातेमालो गर्न तुलसीपुर उद्योग वाणिज्यसंघलाइ आह्वान गरे । ‘हामी अरवको होइन, खरवको बजेटमा औद्योगिक वातावरणको प्रस्ताव र प्लानिङ गरीरहेका छौं, त्यसकालागी तुलसीपुरमा अन्तराष्ट्रिय लगानी सम्मेलन गर्न तयार छौं’—प्रमुख अतिथि पाण्डेले भने ।
निर्वाचित अध्यक्ष राम प्रसाद चालिसेले आफु यस क्षेत्रका बिभिन्न सामाजिक सघं सस्थाहरु सग समन्वय गरेर अघि बढने बताउदै ब्यवसायीक समृद्धिमा पहल गर्ने बताएका छन् । ‘हामीहरुले तुलसीपुर उद्योग वाणिज्यसंघमा राजनितिको र पनि उच्चारण गर्ने छैनौं, चालिसेले भने ।
पदहस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष गणेशप्रेम श्रेष्ठले तुलसीपुर उद्योग वाणिज्यसंघमा राजनितिक क्रमभंग भएको बताउंदै पुस्तान्तर व्यवसायीक पद्धतिलाइ स्वीकार्न सुझाव दिएका थिए ।
पुर्ब अध्यक्षहरु चिरन्जिवि रिजाल, हेमन्त रिजाल र बिमल रिजालले आफुहरु अन्तिम सम्म पनि सर्वसम्मत प्रयासमा रहेको अवस्थामा पनि केहि समस्या रहेको बताउंदै यी सवै राजनितिक समस्यालाइ भुलेर विल्कुलै व्यवसायीक समृद्धिका पक्षमा लाग्न आम तुलसीपुर उद्योग वाणिज्यसंघका व्यवसायीहरुलाइ अपिल गरे ।
सोहि कार्यक्रममा बोल्दै भर्खरै निवर्तमान भएका तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष वीर वहादुर रावत(विरु)ले नयां नेतृत्व चयन संगै कुनैपनि अग्रज व्यवसायीहरुलाइ विचलित नहुन आग्रह गरे । उनले तुलसीपुर उद्योग वाणिज्यसंघसंगै नेपाल उद्योग वाणिज्य महासंघ समेत विधान संसोधनको प्रक्रियामा रहेको बताउंदै सवै व्यवसायी र अग्रज व्यवसायीहरुलाइ फेरी पनि तुलसीपुर उद्योग वाणिज्यसंघमा स्पेष हुने अभिव्यक्ति दिए । त्यसै अवसरमा उनले तुलसीपुर उद्योग वाणिज्यसंघको समृद्धिमा अझै एउटा इटा थप्न र अपनत्व ग्रहणगर्न पनि आग्रह गरे । जादाजांदै उनले तुलसीपुर उद्योग वाणिज्यसंघको मानार्थ विशिष्ठ सदस्यको प्रमाण लिएर अध्यक्षको पद रामप्रसाद चालिसेलाइ हस्तान्तरण गरेका थिए ।
निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षतामा भएको पदहस्तान्तरण कार्यक्रममा यस अघिका पदाधिकारीहरुले सोहि पदका नवनिर्वाचित पदाधिकारीहरुलाइ हस्तान्तरण गरेका थिए । उनीहरुलाइ निर्वाचन समितिले पदको सपथ पनि खुवाएको थियो । कार्यक्रमको सहजीकरण पुस्करराज भण्डारीले गरेका थिए ।
यसैबीच तुलसीपुर उद्योग वाणिज्यसंघको नया नेतृत्वको पहिलो बैठक रामप्रसाद चालिसेको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले निर्वाचनलाइ सौहार्दपुर्ण रुपमा सम्पन्न गराउने निर्वाचन मण्डल, सुरक्षाकर्मि, सन्चारकर्मि एवं आम व्यवसायीहरुलाइ हार्दिक कृतज्ञता दिंदै बांकि रहेका विषयमा अर्को बैठकले निर्णय गर्ने संघका नवनिर्वाचित महासचिव विनिल केसीले बताएका छन् । विधान अनुसार आवस्यकता अनुसार बांकि पदाधिकारी नियुक्तकालागी फेरी अर्को बैठकले निर्णय गर्ने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्