५ फागुन,घोराही ।
शुकदेब रेवता योगी सम्मान सेवा गुठीद्धारा २ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । हिन्दू विद्यापीठ नेपालमा कक्षा १० मा अध्ययनरत छात्रा र जय शेर मा वि रावत गाउँमा अध्ययनरत छात्रलाइ सम्मान गरिएको हो । श्री रेवता योगी उत्कृट छात्रा पुरस्कारबाट लक्ष्मी वि सी लाई विद्यालयको २९ औँ वार्षीकउत्सवको अबसरमा सम्मान तथा पुरस्कृत गरिएको छ । यसैगरी शुकदेबनाथ उत्कृष्ट छात्र पुरस्कारबाट मनोज बुढाथोकीलाइ सम्मान गरिएको छ । दुबै छात्र छात्रालई नगद पाँच हजार र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
घोराही उपमहानगर पालीका वडा न ७ पर्सा निवासी योगी परिवारले श्री शुकदेब रेवता योगीको सम्मानमा यो पुरस्कार स्थापना गरेको थियो । प्रत्यक वर्ष यो पुरस्कार जयशेर माविका उत्कृष्ट तथा जेहेन्दार छात्र र हिन्दू विद्यापीठ नेपालका उत्कृष्ट तथा जेहेन्दार छात्रालाइ प्रदान गरिदै आएको छ ।
पुरस्कार वितरण कार्यक्रममा हिन्दू विद्यापीठ नेपालका प्राचार्य भोलानाथ योगीले बालबालीकाको हौसला बढाउन सानो पुरस्कार पनि निकै महत्वपुर्ण हुने बताउनुभयो । बुबा आमाको सम्मान पनी हुने र बालबालीकाहरुलाइ पुरस्कारले पढाइ तथा चरित्र निर्माणमा समेत हौसला बढाउने हुदा भाइ चिन्तामणी योगीको सल्लाहा अनुसार शुकदेब रेवता योगी सम्मान सेवा गुठी स्थापना गरिएको उहाँले जानकारी दिनुभयो