२०८१ चैत्र १० गते आइतवार

दाङमा १ लाख वरावरको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ



५ फागुन,घोराही।

दाङमा एक लाख रुपैया वरावरको रिचार्ज कार्डसहित नगद २० हजार रुपैया चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बंग्लाचुली गाउँपालिका वडा नंम्वर ३ कमिरेचौरमा रहेको दाजुभाई जनरल स्टोर्सबाट गत माघ १ गते राति १ बजे चोरी भएको थियो । स्टोर्सका सञ्चालक कमलाल पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा चोरीमा संलग्न बंग्लाचुली ४ का १८ वर्षिय ईन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएका रिचार्जकार्डहरुको सिरियल नम्बरको आधारमा सम्बन्धित दुरसञ्चार कार्यालयसंग समन्वय गरी दोषिलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा संलग्न गिरीको घरकोठा खानतलासी गर्दा रिचार्जकार्ड तथा घर फोर्ने औजार वरामत गरिएको उहाँले जानकारी दिनुभयो ।

गिरी घरमा खान तलासी गर्दा एनसिएलका ५० रुपैया वरावरको ७ सय २३ थान, १०० रुपैया वरावरको १ सय थान र ५०० रुपैया वरावरको २५ थान रिचार्ज कार्ड वरामत गरिएको हो । यस्तै एनटिसीका ५० रुपैया वरावरको १ सय ५१ थान र १०० रुपैया वरावरको ६९ थान रिचार्ज कार्ड वरामत गरिएको प्रहरीले जनाएको छ ।

१ लाख रुपैया वरावरको रिचार्ज कार्ड सहित नगद २० हजार रुपैया चोरी भए पनि गिरीको साथबाट ६१ हजार ८ सय ५० रुपैया वरावरको रिचार्ज कार्डमात्रै प्रहरीले वरामत गरिएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्