५ फागुन । स्पिन इभेन्ट प्रालिले आगामी चैतको पहिलो साता देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न मुख्य प्रयोजकसंग भएको सम्झौता कार्यक्रमका क्रममा आयोजित पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी चैत २ गतेदेखि ७ गतेस्म्म आयोजना हुने बताइएको छ ।
यो प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वाधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो ।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।
उक्त प्रतियोगिताको मुख्य प्रयोजकमा भ्याली कन्स्ट्रक्सन प्रालि रहेको छ ।
प्रतियोगिताको सह–प्रायोजकमा पूर्ण शंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि तथा बाबुरत्न कन्स्ट्रक्सन प्रालि रहेका छन् ।
प्रतियोगिता नेपाल सरकारकाले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।
लामो समयदेखि कोभिड–१९ का कारण खेलकुद गतिविधिहरु सुस्त रहेको अवस्थामा खेलाडीको मनोवल उच्च बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यो प्रतियोगितामा नेपाल भरीका वडाहरुबाट कीम्तमा एक हजार खेलाडीहरुको सहभागिता हुने आयोजकको अनुमान छ।
प्रतियोगितामा मेन्ट टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन सिंगल, वुमेन्स भेट्रान सिंगल्स ९४० वर्षमाथि० तथा मेन्स भेट्रान सिंगल्स ९५५ वर्षमाथि० विधामा प्रतिस्पर्धा गराइने छ ।आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार वर्तमान टप १६ टेबल टेनिस खेलाडी बाहेक देशभरीका अन्य खेलाडीहरुले यो प्रतियोगितामा भाग लिन पाउने छन् ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ रहेको छ ।
मेन्सरवुमेन्स सिंगल्स प्रतिस्पर्धामा प्रथम, द्वितिय तथा तृतिय दुबै सेमिफाइनलिष्ट हरुलाई क्रमशस् ३० हजार, १५ हजार तथा ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कारका साथै भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितिय तथा तृतिय दुबै सेमिफाइनलिष्ट हरलाई क्रमशस् दश हजार, पाँच हजार तथा २५ सय रुपैयाँ नगद
पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडालाई नगद ५० हजार रुपैयाँका साथै रनिङ शिल्प पनि प्रदान गरिने आयोजक स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यद्वारा प्रेसित विज्ञप्तीमा जनाइएको छ ।