
४ माघ, घोराही – भोलीदेखि घोराही–१४ भिगौरामा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला संचालन हुने भएको छ । नेपाल मगर संघ घोराही नगरको आयोजनामा हुन लागेको मेलाको तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गरनाईएको हो । माघ ११ गते सम्म संचालन हुने मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गर्नुहुने भएकोे संघका अध्यक्ष बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।
अध्यक्ष बुढामगरका अनुसार महोत्सव उद्घाटन पूर्व विहान ११ बजेदेखि घोराहीको सहिद लखन थापा पार्कबाट साँस्कृतिक पहिचान झल्कने भेषभुषा,झाँक्रीसहितको ¥याली निकालिने भएको छ ।
प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाका लागि स्थल स्टल निर्माणसँगै सम्पूर्णलाई निमन्त्रणा गरिसकेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाका प्रचारप्रसार समिति संयोजक कैलाश घर्तिमगरले जानकारी दिएका छन् । प्रचारप्रसार समितिका संयोजक घर्तिका अनुसार मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न खानाका परिकारसँगै भेषभुषा, बाल उद्यान, पिङलगायतका मनोरञ्चजनका साधनहरु राखिने भएको छ ।
सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको छ । मेलाको उद्घाटन कार्यक्रममा उपस्थीतिका लागि नेपाल मगर संघ घोराही नगर समितिले सम्पूर्णमा अनुरोध गरेको छ ।
७ दिन सम्म चल्ने मेलाको आम्दानी बाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार