४ माघ, दाङ – दाङको तुलसीपुरमा एक बालिकामाथि अपहरण गरि कुटपिट गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ निवासी १७ बर्षीया रश्मी खत्रीलाई कुटपिट कुटपिट गरिएको हो ।
विहीबार ५/६ जनाको समूहले कुटपिट गरेको खत्रीले बताईन् । उनका अनुसार तुलसीपुर ७ प्रसेनी निवासी सानु नाम गरेकी केटीले खत्रीलाई बजार आउन भनिन् । सानुसंग पहिले पनि चिनजान थियो । उनले बोलाएपछि दिउसो २ बजेतिर तुलसीपुरको ‘ग’ लाइनमा आइन र, सानुसंग भेटघाट भयो ।
सानुसंगै अन्य तीनजना केटीहरु पनि थिए । उनीहरु पनि पहिले देखि फेसबुकबाट चिनजानेकै साथीहरु थिए । ति साथीहरु थिए– तुलसीपुर १८ विजौरीकी रितु मगर, सोही ठाउँकी सुमी क्षेत्री र तुलसीपुर ५ बसपार्क निवासी दिपा मगर । ति सबैले खत्रीमाथि एक्कासी कुटपिट गरे ।
त्यहाँ कुटपिट पछि उनीहरुले अटो रिक्सामा राखेर बसपार्क स्थित दिपाको घरमा लगे र, त्यहाँ पनि कुटपिट गरे । त्यसपछि विजौरी स्थित रितु र सुमीको घरमा लगेर मरनासन्न हुने गरि कुटपिट गरे ।“स्तन र गुप्तांगमा पनि चोट लाग्ने गरि कुटपिट गरे” खत्री भन्छिन्“मारिदिन्छु भन्दै धम्की पनि दिए ।” विजौरीमा पुगेपछि अन्य दुई जना केटाहरुलाई पनि बोलाए ।
करिब ४ घण्टा कुटपिट पछि रश्मीका वुवा विष्णु खत्रीलाई कुटपिट गर्नेहरुले नै फोन गरे । ९७६९२७३८३९ बाट साँझ पौने ७ बजेतिर फोन गरेर छोरी आफूहरुसंग रहेको भनि फोन गरेपछि विजौरी भएको थाहा भएपछि प्रहरीले रश्मीलाई उद्दार ग¥यो । उद्दार पछि स्वास्थ्य जाँच गर्दा दाँया खुट्टाको बुढी औलामा, ओठमा, छातिमा, स्तन, गुप्तांगलगायतमा चोट लागेको रिपोर्ट आएको थियो । प्रहरीले बालिकाको उद्दार गरेपनि कुटपिट गर्नेहरुलाई भने पक्राउ गरेको छैन । फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा ति बालिकामाथि कुटपिट भएको हो ।
पीडित पक्षले अहिले कुटपिट गर्नेहरुलाई किटानी जाहेरी दिने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि कुटपिट भएको कुरा पुष्टि गरेको छ ।“हामीले केटीलाई हिजो उद्दार ग¥यौं, थप बुझ्नकालागि पीडित पक्षलाई अहिले बोलाएका छौं”,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीले भने“त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।”