२०८१ फाल्गुन ३ गते शनिवार

अदालतले माग्यो आशिका तामाङलाई पक्राउ गर्नुको कारण



४ माघ, काठमाडौं – उच्च अदालत पाटनले अभियान्ता आशिका तामाङलाई पक्राउ गर्नुको कारण मागेको छ । आशिकाको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले पक्राउको कारण मागेको हो ।

बिहीबार मात्रै आशिकाको बन्दी प्रत्यक्षीकरण निवेदन अदालतमा परेको थियो । जसमा बसेको इजलास माघ ६ गते काठमाडौँ प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई कारणसहित उपस्थित हुन आदेश दिएको अदालतले जनाएको छ । कारणसहित उपस्थित हुन प्रहरी र प्रशासनलाई आदेश दिए पनि बन्दी रहेकी आशिकालाई भने अदालतमा झिकाइएको छैन ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्