२०८१ मङ्सिर १६ गते आइतवार

कोरोनाबाट दाङकी एक महिलाको मृत्यु



३ माघ,घोराही –
कोरोना संक्रमणका कारण दाङकी एक जना महिलाको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत तुलसीपुर ६ की ४१ वर्षिया महिलाको आज मृत्यु भएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

ती महिलालाई पुस ३० गते संक्रमण पुष्टि भएको थियो । बैशाखयता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय १९ पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्