२०८१ माघ १२ गते शनिवार

आज दाङका ४८ जनामा कोरोना पुष्टि



३ माघ,घोराही –
दाङमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरको मेट्रो हस्पिटलमा गरिएको एन्टिजेन परिक्षणबाट ४० जना र राप्ती गाउँपालिकामा २० जनामा गरिएको परिक्षणबाट ८ जना गरि ४८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा तुलसीपुरका ४० र राप्तीका ८ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । वितेको २४ घण्टामा १६ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा तुलसीपुरका १५ जना र घोरोहीका एक जना रहेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५५ जना रहेको छ । उनीहरुमध्ये २ सय ५० जना घरमा, १ जना सामान्य उपचारमा र ४ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्