४ माघ,घोराही।
क्यान महासंघ दाङले सूचना र प्रविधीको विकास तथा बिस्तारका लागि घोराही उपमहानगरपालिका १६ स्यानीअम्बापुर स्थित राप्ती इन्जिनियरिङ कलेज सँगको सहकार्यमा विसिए पढ्नका लागि आईसिटी स्कलरसिप व्यवस्था गरेको जनाएको छ ।
क्यान महासंघले आज कलेजमा पत्रकार सम्मेलन गर्दै १३ जना विद्यार्थीहरुले विभिन्न छुटमा छात्रबृत्ती दिन लागिएको जानकारी दिएको हो । एक जनालाई पूर्ण र अन्य १२ जनालाई आंशिक छात्रबृत्ती दिईने गरि कार्यक्रम ल्याईएको क्यानका अध्यक्ष कर्णबहादुर पुनले जानकारी दिनुभयो ।
विसिए पढ्न लाग्ने खर्चमा एक जनालाई पूर्ण छात्रबृत्ती, २ जनालाई ७५ प्रतिशत, ५ जनालाई ५० प्रतिशत र अन्य ५ जनालाई २५ प्रतिशत रकममा छुट दिईने उहाँको भनाई छ ।
क्यान महासंघ र कलेज विच भएको सम्झौता अनुसार विसिए पढ्ने विद्यार्थीहरुले १८ लाख ७५ हजार रुपैयाँ छुट पाउने छन् । उक्त कार्यक्रम अध्ययनका लागि ३ लाख ५८ हजार रुपैयाँ लाग्ने गरेको कलेजले जनाएको छ ।
उक्त विषय पढनका लागि सी ग्रेड सम्म प्लस टू गरेको, प्लस टु मा विज्ञान वा व्यवस्थापनमा १०० पूर्णांकको क्म्युटर वा विजनेश म्याथ पढेकाले आबेदन दिन सक्ने कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीले जानकारी दिनुभयो । साथै कक्षा १२ को रिजल्ट पर्खेर बसेकाले समेत फारम भर्न सक्ने उहाँको भनाई छ ।।