०४ माघ, रौतहट । रौतहटको गरूडा नगरपालिकाभित्रका सामुदायिक विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । एक सूचना जारी गर्दै नगरपालिकाले शीतलहरका कारण तीन दिन विद्यालय बन्द गर्न लागिएको जानकारी गराएको हो ।
कोभिड १९ को विश्वव्यपी संक्रमणको जोखिम कम हुँदै गर्दा भर्खरै मात्र सञ्चालनमा आएका विद्यालयहरू अत्यधिक चिसोका कारण मंसिर ६ गतेसम्म सबै सामुदायिक एवम् संस्थागत विद्यालयमा बिदा दिइएको गरूडा नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार