४ माघ, घोराही ।
राष्ट्रिय संगितकर्मी संघ जिल्ला शाखा सल्यानले पहिलो अधिवेशन सम्पन्न गरेको छ । जसको अध्यक्षमा कुल बहादुर ओली चयन भएका छन् ।शनिबार सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनले ओलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा प्रेमिका शर्मा, सचिवमा रविन रोका, सहसचिव चुडामणी पुन र कोषाध्यक्षमा लिला खत्री रहेका छन् । अधिबेशन खलंगा स्थित बालमन्दिरको हलमा शनिबार भएको हो ।
अधिबेशनको उद्घाटन कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । चयन गरिएका १७ सदस्य सल्यानका दशवटै पालिकाबाट समाबेश भएको जनाइएको छ ।
प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार