२०८१ चैत्र ११ गते सोमवार

अध्यादेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर



१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारील मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले आज अदालत खुले लगत्तै रिट पेश गर्नुभएको थियो ।

तर, रिट दर्ता भने भइसकेको छैन । अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको लागि सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ । अर्यालले भन्नुभयो, ‘मैले रिट पेश गरिसकेँ । मैले रिट शाखामा पुगेर भर्खरै पनि भेट गरेँ । रिट मुख्य रजिष्टारकोमा पुगको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पनि अर्यालले नै रिट दायर गरेका गर्नुभएको थियो । उहाँकै रिटका आधारमा कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य ठहरिएका थिए ।

संवैधानिक परिषद्को सदस्यमा सर्वोच्च अदातका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा पनि सदस्य रहनुभएको छ ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्