१ पुस । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । विन लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभिने सहमति भएसँगै शेयर कारोबार रोक्का भएको हो । कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सर्वधारणको लागि शेयर जारी गरी कारोबार भइरहेको हुँदा मर्जर सम्बन्धी कार्य नटुङ्गेलसम्मको लागि शेयर करोबार रोक्का राखेको कम्पनीले जानकारी गराएको छ ।
प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार