३० असोज । दाङको घोराही १३ बनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आज आफ्नो ८औ साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष पदमा हमालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सहकारी बिभागका प्रमुख होमलाल भुसालको प्रमुख आतिथ्य र जिल्ला सहकारी संघका कृष्ण शर्माको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उद्देष्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला सहकारी संघका कृष्ण शर्माले जबससम्म शेयर सदस्यहरुले आफुले कमाएर मात्रै खर्च गर्नुपर्छ र फजुल खर्चको कटौति गरेर बचत मेरो लागी बुझाउन र बुझन सक्दैनन् तबसम्म बचत बृद्दि हुन नसक्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष पबित्रा सेर्पाईलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा सदस्य केशब गिरी,ग्रामीण महिला उत्थान केन्द्र दागंका माधबा पोख्रेल,पशु बस्तुको मुल्य श्रृखंलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजनाका कार्यक्रम संयोजक भिमकान्त चौधरी,नेपाल महिला सामुदायिक सेवा केन्द्र दागंका देबा जि.सी,लगायतले आफनो भनाई राख्नुभएको थियो । कोभिडको समस्यालाई मध्यनजर गर्दै सम्पन्न ८ औ साधारणसभामा आउने सहभागी र शेयर सदस्यहरुलाई सहकारीले मास्क तथा सेनिटाईजर बितरणको ब्यवस्था समेत गरेको थियो । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष नानिमाया जि.सी.ले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार