३० असोज । देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३९२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३९२ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।
पछिल्लो घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।
शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर चार हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।
मंगलबार देशभर तीन हजार ५५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५०३ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १८ जनाको मृत्यु भएको थियो ।
बुधबार देशभर दुई हजार ६६८ कोरोना संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो । बुधबार दुई हजार १७४ जना देशभरका विभिन्न अस्पतालहरुबाट डिस्चार्ज भएका थिए ।
बिहीबर देशभर तीन हजार ७४९ कोरोना संक्रमित थपिँदा तीन हजार ५६४ जना डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।