२०८१ माघ ५ गते शनिवार

मापसे गरेर छोरोसहित नदीमा हाम फालेकि महिलाको जिवितै उद्धार,छोरो मृत फेला



३० असोज। चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।

हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्