२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा बालिका माथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक



३१ भदौ,घोराही –
दाङमा बालिका माथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटेलमा बालिका माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो। भदौ २७ गते दिउँसो करिब ४ बजे १४ बर्षकी बालिका माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकालाई दुईजनाले प्रलोभनमा पारेर होटेलमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।

यसैबिच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ बर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन् । बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको हो ।।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्