२०८१ मङ्सिर १६ गते आइतवार

आज दाङका १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार बढि



३१ भदौ, घोराही –
आज दाङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १७ जनाको एन्टीजेन परिक्षण गर्दा ७ जना पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका ५, गढवाका ४, राप्तीका २, बबई, लमही र तुलसीपुरका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ५ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा घोराही र लमहीका २/२ जना तथा गढवाका १ जना रहेको केन्द्रले जनाएको छ । आज थप ५ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ ।

ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ५ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार २७ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ३३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्