३१ भदौ, घोराही –
दाङको कोरोना अस्पताल बेलझुण्डीमा ७ जना संक्रमितको उपचार भैरहेको छ । तुलसीपुराका ४ जना, बबई र बंगलाचुलीको १÷१ जना र बाहिरी जिल्लाको एक जना गरी ७ जना कोरोना संक्रमितको उपचार भैरहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
व्यवस्थापक दोर्ण वलीका अनुसार अस्पतालमा हालसम्म १ हजार ३६ जना संक्रमित भर्ना भएका छन् भने ८ सय ९७ जना डिस्र्चाज भएका छन् । यस्तै अस्पतालमा हालसम्म ९४ जनाको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार