२०८१ मङ्सिर २४ गते सोमवार

तोलामा सात सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदी स्थिर



३१ भदौ,घोराही– बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन ९० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने मंगलबारदेखि नै स्थिर रहेको छ। आज पनि चाँदी १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्