२०८२ बैशाख १८ गते बुधवार

लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाउने तयारी



३२ साउन, घोराही –
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषदको संख्या बढ्ने भएको छ । यसअघि १० सदस्यीय रहेको मन्त्रिपरिषद अब १५ सदस्यीयसम्म बन्न सक्ने सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा तीन दल सहभागी भएकाले अहिलेको मन्त्रिपरिषद् पहिलेको भन्दा स्वाभाविकरुपमा केही ठूलो आकारको हुने बताउनुभयो । मन्त्रीको संख्या बढ्ने भएकाले केही मन्त्रालय फुटाउनु पर्ने सरकारलाई बाध्यता रहेको छ ।।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्