२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुरका सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क प्राविधिक विषय पढाइने



३२ साउन, घोराही-
दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । उपमहानगरले सञ्चालन गरेको तुल्सीपुर बहु–प्राविधिक शिक्षालय मेट्रो कलेजसँग सम्झौता गरेर उपमहानगरका १९ वटै वडाका एसईई उत्तीर्ण छात्राहरुलाई कलेजमा सञ्चालित प्राविधिक विषय निःशुल्क पढाउने व्यवस्था मिलाइएको उपप्रमुख माया शर्माले बताउनु भयो ।

स्मार्ट छोरी कार्यक्रमसँग जोडेर महिलालाई आर्थिक रुपमा बलियो बनाउन बजारमा बढी माग भएका प्राविधिक विषय अध्ययन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । यस वर्षदेखि सुरु भएको कार्यक्रम अन्तर्गत अहिले कलेजमा फाराम भरेकामध्ये ४० प्रतिशत निशुल्क अध्ययन गर्ने छात्राहरु रहेको कलेज प्रमुख वसन्त आचार्यले बताउनु भयो ।

तुलसीपुर उपमहानगरले सञ्चालन गरेको कलेजमा सीटीईभीटी अन्तर्गतका ५ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । यस्तै, लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा पाँच वर्षे बीए एल एल बीको पढाइ पनि भइरहेको छ ।।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्