३२ असार, काठमाडाैँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरूको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्।
हिजाे बेलुका एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले यस्ताे बताएका हुन्। उनले पार्टी नेताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन्।
उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनैतिक रूपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरको जनाएका छन्।
आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबीसमेत गरेका छन्।