२०८२ बैशाख ११ गते बुधवार

संयुक्त लगानिमा बंगलाचुली–ठुलीलेख पर्यटकी क्षेत्रको विकास गर्दै



१ साउन, घोराही –
दाङको बंगलाचुली गाउँपालिका अन्तर स्थानिय तह सहकार्यमा जुटेको छ । बंगलाचुली गाउँपालिकाले प्युठानको माण्डवी गाउँपालिकासंगको सहकार्यमा बंगलाचुली–ठुलीलेख पर्यटकी क्षेत्रको विकास गर्ने गरी अन्तर स्थानिय तह सहकार्यको थालनी गरेको हो ।

जस अनुसार बंगलाचुली गाउँपालिका र माण्डवी गाउँपालिकाको सिमानामा रहेको बंगलाचुली–ठुलीलेख पर्यटकिय क्षेत्र विकासका लागि दुईवटै पालिकाले संयुक्तरुपमा लगानि गर्ने भएका छन् । बंगलाचुली गाउँपालिका र माण्डवी गाउँपालिकाको संयुक्तरुपमा बसेको बैठकबाट यस्तो सहमती गरिएको हो ।

बैठकले पर्यटकीय क्षेत्र बंगलाचुली–ठुलीलेखलाई पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्यकोरुपमा विकास गर्न पाँच/पाँच करोड लगानी गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । बंगलाचुली गाउँपालिकाले सो क्षेत्रमा हलसम्म २ करोड ५४ लाख लगानी गरी सकेको छ भने माण्डवी गाउँपालिकाले ५ लाख ७० हजार लगानी गरीसकेको छ ।

आगामी दिनमा बंगलाचुली गाउँपालिकाले २ करोड ५० लाख र माण्डवी गाउँपालिकाले ५ करोड लगानी गर्ने गरी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरीएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका मगर, प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाल लगाएत दुईवटै पालिकाका सरोकारवालहरुको उपस्थितिमा बैठक बसेको हो ।।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्