३ जेठ, घोराही- दाङको घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । घोराही– १३ बडहरामा मंगलवार रा ५ ख ४९०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा रुन्टीगढी घर भई घोराही–१५ रतनपुर बस्ने सागर घर्तीको ज्यान गएको छ।
दुर्घटनामा घोराही–१४ की अञ्जली मगर र मोटरसाइकल धनी सुभास घर्ती घाईते भएका छन् । घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार