२०८१ माघ ७ गते सोमवार

राेल्पाकाे गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी



२ जेठ, घोराही- राेल्पाकाे गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार हरि पुन र उपाध्यक्षमा अमृता केसी वली विजयी भएका हुन् ।

४९ मतकाे अन्तरले एमालेका राेशन वलीलाइ पराजित गर्दै पुन २ हजार ५ सय ४८ मत ल्याएर विजयी भएका हुन् । राेशनले भने २ हजार ४ सय ९९ मत ल्याए ।

तेस्राे हुने माओवादी केन्द्रका बीर बहादुर केसीले २ हजार १ सय ५४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार चुडामणी ओलीले १ हजार ५ सय ७३ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी हुने कांग्रेसकी अमृता केसी वलीले २ हजार ९ सय ९ मत ल्याएकी छन् । एमालेकी निर्मला कुमारी वलीले २ हजार ४ सय ४२, एकीकृत समाजवादीका नेब बहादुर डाँगीले १ हजार ८ सय ११ र स्वतन्त्र उम्मेदवार शुशीला वलीले ८ सय ५५ मत ल्याइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्