२०८१ असार ६ गते बुधवार

सल्यानमा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु



२ जेठ, सल्यान- सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १५ जना बढी घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख – १  स्यानिपिप्लिका लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका गोपाल बुढाथोकी रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो। घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्