२०८१ जेष्ठ ३० गते बुधवार

सल्यानको त्रिवेणीमा कांग्रेस विजयी



२ जेठ, सल्यान- सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। त्रिवेणीको अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्षमा सीता खड्का पुन निर्वाचित भएका हुन्। रावतले ३३६९ र पुनले ३१८६ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

अध्यक्षमा रावलका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका डिल्लीबहादुर केसीले २०१७     मत ल्याए। त्यस्तै, तेस्रो भएको नेकपा एमालेका उम्मेदवार लोकेन्द्रसिं खड्काले १७९६ मत ल्याएका छन्।

उपाध्यक्षमा पुनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजेन्‍द्रकुमार थापाले २०३५ मत ल्याए।  त्यस्तै, एमालेकी कलावती वलीले ४३ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्