२०८१ चैत्र १० गते आइतवार

तीन जिल्लामा भएन निषेधाज्ञा



२ जेठ,घोराही- देशका अरु जिल्लाको तुलनामा पूर्वी रुकुम, मनाङ, खोटाङ र तेह्रथुममा कोरोना संक्रमण कम देखिएको छ । यी जिल्लामा अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।

पालिकासँग सहकार्य गरेर जनप्रतिनिधिलाई जिम्मेवार बनाइएकोले सङ्क्रमण फैलिन नपाएको सम्बन्धित जिल्ला प्रशासनले जनाएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणदर बढेसँगै अहिले विभिन्न ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।

गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्