३ बैशाख,घोराही – राष्ट्रिय सभा सदस्य एवं प्रमुख सचेतक अनिता देवकोटाले जेसीजको लक्ष्यलाई प्राप्तिमा संस्थाको भूमिकाले निरन्तर दिएको बताउनुभएको छ । दाङ महिला जेसीजको आयोजनामा आज घोराहीमा भएको जेसीज अध्यक्षहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपाल जेसीज समुन्द्र भएको हुँदा त्यहाँबाटटिप्न सक्नेले मोती टिप्ने गरेको र नसक्नेले शंख भएपनि टिप्न सफल भएको बताउनुभयो ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षसन्दिप अग्रहरीको सभाअध्यक्षतामा भएको सम्मेलनमा उहाँले जेसीज अभियानमा लागेका युवाहरु वर्तमान भएको उल्लेख गर्दै वर्तमानलाई लिएर नहिड्ने हो भने समृद्धि सम्भव नहुने हुँदा राज्यले युवाहरुको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । सकारात्मक सोँच, निरन्तर उद्यमशीलताका साथ अघि बढ्ने युवा यो देशलाई चाहिएको हुँदा देशका युवा विदेश पलायन हुनबाट रोक्न मुलुकको विकासमा गम्भीर बन्ने एजेन्डामा बैठकले बृहत् समीक्षा सम्मेलनमा हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल जेसीज एरिया डीमा रहेका देशभरका ५७ जना अध्यक्षसहितका पदाधिकारी सम्मिलित सम्मेलनमा युवा नेतृत्व र व्यक्तित्व विकासका बारेमा वृहत छलफल भएको छ । कार्यक्रममा वक्तादाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष आरके सीतल, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष कृष्ण गौतम, महिला जेसीजका माया पोख्रेल, नेपाल जेसीस राष्ट्रिय उपाध्यक्षएरिया डी का नारायण भट्टराई, रामप्रसाद पाण्डे, विवेक आचार्यलगायतले बोलनुभएको थियो ।
मिसनभिजनबारे प्रकरण निर्देशक नोविका चौधरीले जानकारी गराउनुभएको थियो भने सहभागी सबैलाई दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीले स्वागत गर्नुभएको थियो भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।।