२०८२ बैशाख ११ गते बुधवार

ट्रक व्यवसायी समितिको साधारण सभा तथा १३ औ अधिवेशन



३ बैशाख,घोराही ।
राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति दाङको १८ औं वार्षिक साधारण सभा तथा १३ औ अधिवेशन आजबाट मनाउन सुरु गरिएको छ । समितिका अध्यक्ष यादव शाहको अध्यक्षतामा भएको कार्यक्राममा प्रमुख अतिथी नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले व्यवसायीहरुबाट सरकारले कर मात्र अशुल्ने तर त्यसको बदलामा यातायात मजदुरलाई सेवाको सट्टा थप सास्ती मात्र थप्ने काम गरेको बताउनुभयो ।

पटक पटक अधिकार कार्यान्वयन गर्ने सवालमा सम्झौता गरेको भएपनि त्यो लागुनभएको बताउनुुभयो । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ दाङका सल्लाहकार शुरेस हमालले अहिले यातायात व्यावसायी सम्मान र आम्दानी दुबैबाट टाढा रहने अवस्था आएको भन्दै यस प्रति व्यावसायी चनाखो र प्रतिबद्ध हुन आग्रह गर्नुुभयो ।

उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा विक्रम आचार्य र उत्कृष्ठ चालकको रुपमा चित्र बहादुर विष्ठ लगाएत संस्थालाई सहयोग पु¥याउने प्रेमनाथ योगी,रत्नप्रसाद श्रेष्ठ,प्रकाश डि।सी ,सरद रेग्मी लगाएतलाई सम्मान गरिएको हो ।

साधारण सभा तथा अधिवेशनको भोलि समापन गरिने भएको छ । विशिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तथा प्रशासनिक प्रतिबेदन प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाले गर्नुुभएको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्