२०८२ बैशाख ११ गते बुधवार

दाङका थप १० जनामा संक्रमण पुष्टि



३ बैशाख,घोराही ।
दाङका थप १० जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरु तुलसीपुरका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र अन्य अस्पतालमा गरिएको परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।

संक्रमण हुनेहरुमा वडा नम्बर ६ का ३ जना महिला र २ जना पुरुष, वडा नम्बर ५ का १ जना महिला, वडा नम्बर ९ का १ जना पुरुष र १ जना महिला, वडा नम्बर १७ का १ जना पुरुष र वडा नम्बर १२ का १ जना पुरुष रहेका छन् ।

आज कोरोना पुष्टि हुनेहरु १२ वर्ष देखी ६० वर्ष सम्म उमेर समुहका नागरिक रहेको केसीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्