३ बैशाख,घोराही ।
सल्यानको कपुरकोट चारखोला सडकखण्ड दैनिक नौ घण्टा बन्द हुने भएको छ । सल्यान दाङ सडकखण्डमा पर्ने कपुरकोट चारखोला सडकखण्ड मर्मत गर्ने भएकाले दैनिक नौ घण्टा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको विज्ञप्ति अनुसार आजदेखि १२ गतेसम्म रातिको १२ बजेदेखि बिहान ५ बजेसम्म र बिहान ११ बजेदेखिदिउँसो ३ बजेसम्म पूर्णरूपमा सवारी साधन आवतजावतमा रोक लगाईने भएको छ । सल्यान दाङ सडकखण्डमा पर्ने कपुरकोट चारखोला सडकखण्डक स्तरोन्नतीको कार्य गर्ने भएकाले दैनिक ९ घण्टा सडक बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अत्यावश्यक हलुका सवारी साधन भने जिल्लाको कपुरकोट किमचौर, लामीडाँडा, सातबाँस , पैंयाखोर सम्म निर्माण गरिएको डाईभनसमा सञ्चालन गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।।