२०८२ बैशाख १३ गते शुक्रवार

हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे



३ चैत, काठमाण्डाै-धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी चोकमा हिजो बेलुका भएको विवादपछि छुरी प्रहार हुँदा १९ वर्षीय आँशु यादवको ज्यान गएको हो ।

छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषासहित मधेशका धेरैजसो जिल्लामा शुक्रवार होली मनाइएको भए पनि जनकपुरधाममा भने हिजो होली मनाइएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्