२०८० फाल्गुन १८ गते शुक्रवार

सगरमाथा सिमेन्ट पिडितलाई क्षतिपुर्ति



२ चैत, घोराही-
घोराही सिमेन्ट उद्योगले तुलसीपुरका पिडितलाई क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगले उत्पादन गरेको सगरमाथा सिमेन्ट पिडितहरुलाई क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगले तुलसीपुर ११ उरहरी बस्ने बिजुली चौधरीलाई ५ लाख ५७ हजार रुपैया क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगको लापरवाही तथा गुणस्तरहिन सिमेन्टका कारण पिडित चौधरीले दुई पटक घर ढलान भत्काउनु परेको थियो ।

उद्योगले गत फागुन २५ गते क्षतिपुर्ति वापत नगद उपलब्ध गराएको पिडित चौधरीका छोरा प्रकाश चौधरीले जानकारी दिनुभयो । यस्तैगरी तुलसीपुर १३ बखरिया बस्ने तिलकराम रेग्मीलाई ४ लाख ७५ हजार ३१५ रुपैया क्षतिपुर्ति उपलब्ध गराएको तुलसीपुर ११ जैसी हार्डवयरका प्रोप्राईटर नन्दलाल जैसीले जानकारी दिनुभयो ।

ढलान गर्दा प्रयोग गरिएको सगरमाथा सिमेन्ट तिन हप्ता सम्म पनि सेट नभएपछि उद्योगले क्षतिपुर्ति दिएको थियो । उद्योगले आफुलाई धेरै धोका दिएको बताउदै अबदेखी उक्त सिमेन्ट कहिल्यै प्रयोग नगर्ने उहाले बताउनुभयो । यता जैसी हार्डवयरका संचालक जैसीले पनि हाललाई सगरमाथा सिमेन्टको कारोबार बन्द गरेको बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्