२०८० फाल्गुन १२ गते शनिवार

घोराही-बंगलाचुली अवरुद्ध सडक चैत ७ गतेदेखि सुचारु हुने



२ चैत, घोराही – मानव स्थास्थ्य र पूर्वाधारमा असर पर्न थालेपछि विगत केही समययता बन्द रहेको दाङको बंगलाचुुलीस्थित चुुनढंगा खानी क्षेत्र चैत्र ७ गतेबाट संचालनमा आउने भएको छ । बंगलाचुली, घोराहीका जनप्रतिनिधि, सरोकारवाला, सिमेन्ट उद्योग प्रतिनिधि, टिपर व्यवसायीहरुको संयुुक्त बैठकले टिपरले चुनढुुंगा ढुवानी गर्दा सडक र वातावरणमा पारेको असरलाई निवारण गर्ने गरी चुुन ढुुंगाखानी संचालन गर्न दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी मार्ग देसि चुनढुङ्गा खानीसम्म जोड्ने ४ किलोमीटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथसहित कालोपत्रे गर्ने कार्य छिटो भन्दा छिटो सम्पन्न गरिसक्न निर्माण पक्षलाई तोकेता गरेको छ ।

यसैगरी, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थानमध्ये बढीमा ६ किलो मिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको छ । सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्न र त्यसको उचित कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।

बंगलाचुुलीको तापामा रहेको चुुनढुंगा खानी क्षेत्रबाट दैनिक सयौँ टिपरले भारबहन क्षमता भन्दा बढी ढुवानी गरेपछि करोडौँ रुपैया खर्च गरेर कालो पत्रे गरिएको सडक केही दिनमै भत्किएको छ । यसैगरी टिपरले उडाएको धुलोका कारण स्थानीयको खेतबारीमा लगाइएको अन्नबाली तथा पशुुचौपायामा पनि असर गरेपछि खानी उत्खनन् र ढुुवानीमा पालिकाको पहलमै रोकिएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्