२०८० फाल्गुन १२ गते शनिवार

संघीय संसद्को चालु अधिवेशन अन्त्य



२ चैत, घोराही –राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन गयरातीदेखि अन्त्य गर्नुभएके छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन गयराति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा हिजो साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट आजका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दसौं अधिवेशन मंसिर २८ गते प्रारम्भ भएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्