३ चैत,सल्यान । स्वास्थ्यमा व्यक्तिगत तवरवाट हुने खर्चलाई सकेसम्म न्यून गर्ने गरि योजना तथा कार्यक्रम निर्धारण गर्न जरूरी रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । जिल्लाको कपुरकोट गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रमका वक्ताहरुले स्वास्थ्य सेवाका लागि व्यक्तिगत तवरले गरिने खर्चकै कारणले मानिसहरू गरिविको रेखामुनी धकेलिरहेकाले स्वास्थ्यमा संस्थागत लगानी वृद्धि गरिनुपर्नेमा जोड दिएका हुन् ।
स्वास्थ्यका लागि सक्षम प्रणालीका जिल्ला संयोजक हरिलाल ढकालले नेपालमा स्वास्थ्य क्षेत्रमा हुने कूल खर्च मध्ये ४७ प्रतिशत खर्च मानिसले आफ्नो व्यक्तिगत तरिका वाट गर्नेगरेको र वाँकि खर्च सरकारी वा विमा जस्ता कार्यक्रमवाट हुने गरेको तथ्यांक प्रस्तुत गरे ।
पालिका स्तरिय स्वास्थ्य सुशासन एवम् गुणस्तर सुनिश्चतता तथा अनुगमन समितिलाई अभिमुखिकरण कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्वास्थ्य सेवा सुनिश्चित हुने व्यवस्थाका लागि आफुहरुले निरन्तर काम गरिरहेको बताए । उनले स्वास्थ्य सेवाको पहँचु भन्दा बाहिर रहेका समुदायको पहिचान गरी सबैलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि हातेमालो आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर सेन, स्वास्थ्य संयोजक अरुण दाहाल, स्वास्थ्य सुशासन समितिका संयोजक ठकवीर कामी लगाएतले बोल्दै निजी क्षेत्र तथा नागरिक समाजसंग पनि समन्वय र सहकार्य गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
स्वास्थ्यका लागि सक्षम प्रणालिका हरिलाल ढकाललेले स्वास्थ योजनाले सबै बर्गलाइ समेट्नुपर्ने बताउंदै स्वास्थ्य समितिका काम कर्तव्य र अधिकार, स्वास्थ्यमा निजि क्षेत्र तथा नागरिक समाजको भुमिका के हुन्छ ? सहकार्य र साझेदारी कसरी गर्ने भन्ने लगायतका विषयमा अभिमुखिकरण गरेका थिए ।
कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकी, प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही, सुचना प्रविधी अधिकृत बुद्धिराज पौडेल लगाएतको सहभागीता थियो भने कार्यक्रमको संचालन शंकर केसीले गरेका थिए ।