३ चैत,काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सम्भावित दुर्घटना रोक्नु पर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले टुटेको संवाद अब जोडिनु राम्रो हुने बताएका छन्। सोमबार नेकपा एमालेको ओली समूह र नेपाल–खनाल समूहबीच छलफल भएको थियो । तर दुई समूहबीच छलफल सकारात्मक हुन सकेन। नेपाल–खनाल समूहले अध्यक्ष ओलीले आयोजना गरेको चियापान कार्यक्रममा पनि नजाने निर्णय गर्यो।
अहिले दुई समूह जोडिन भन्दा पनि छुट्टिन तर्फ लागि परेका छन्। खनाल नेपाल समूहले बुधबार र बिहीबार काठमाडौंमा कार्यकर्ता भेला आयोजना गरेको छ। यसबारे थप जानकारी दिन आज दुई बजे पत्रकार सम्मेलनको आयोजना गर्दै छ। भट्टराईले भोलि र पर्सिको भेला नरोकिने जनाएका छन्। यस्तो अवस्थामा भट्टराईले सम्भावित दुर्घटना रोक्न शीर्ष नेताहरूलाई आग्रह गरेका हुन्।
उनले अब सबैले सकारात्मक पहल थाल्नुपर्ने बताएका छन्। उनले भनेका छन्। ‘संवादमा जोडिनु राम्रो हो। सबैले सकारात्मक पहल गरौ। सम्भावित दुर्घटनालाई रोकौँ। भावि पुस्तालाई जोगाउँ।’