४ फागुन, काठमाण्डाै – कीर्तिपुर अस्पतालले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यलाई भेट्न रोक लगाइएको छ । हिजो पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भई अस्पतालमा उपचाररत पौडेल र आचार्यलाई सङ्क्रमणको जोखिम रहेकाले बाह्य मानिसहरूसँग भेटघाट बन्द गरेको अस्पतालले जानकारी दिएको छ ।
अनुहार, हात तथा गर्धनमा जलन भएका उहाँहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । डाक्टरहरूले थप २४ घन्टा निगरानीमा राख्नुपर्ने बताएका छन् । उहाँहरूको अवस्था सुधार भइरहे पनि सङ्क्रमणको जोखिम रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि अस्पतालमै पुगेर उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।