२०८१ मङ्सिर २४ गते सोमवार

दाङबाट पहिलो पटक ई-पासपोर्ट सेवा सुरु



४ फागुन,दाङ -दाङको तुलसीपुरबाट पहिलो पटक ई-पासपोर्ट सेवा सुरु भएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा बुधवार देखी ई(पासपोर्ट सेवा सुरु गरिएको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो । विगत दुई महिना देखी एमआरपी पासपोट९राहदानी०सेवा रोकिएको थियो ।कार्यालयबाट अब देखी ई(पोसपार्ट सेवा सुचारु भएको उहाँले जानकारी दिनुभयो । यस अघि ई(पासपोर्टका लागी काठमाण्डौ जानु पर्ने बाध्यता थियो ।अब तुलसीपुरबाट राहदानी बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

कार्यालयले पहिलो दिन दुई जना सेवाग्राहीको ई(पासपोटको फर्म भरेर सेवा सुभारम्भ गरेको उहाँले जानकारी दिनुभयो । उहाले साविक राप्ती अ‌‍ञ्लचलकै पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुचारु गरिएको बताउनुभयो ।राहदानी विभागबाट आउनु भएका नेटवर्क ईन्जिनियर हडसन बसीले प्राविधिक बारे जानकारी दिएपछि सेवा सुचारु गरिएको उहाले जानकारी दिनुभयो ।राहदानी विभागले एमआरपी पासपोर्टलाई विस्थापित गरी ई-पासपोट लागु गर्ने योजनाका साथ यस अघि एमआरपी राहदानी सेवा स्थगित गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्