४ फागुन, दाङ- देउखुरीमा रूखबाट लडेर एक युवकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ चैते शान्तिपुरका २६ वर्षिय दिपक सुनारको रूखबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिनुुभयो ।
आज विहान साढे ११ बजे घर नजिक सालको रूखको हाँगा काट्न रूखमा चढेका बेला रूखको हाँगाले उछुटिएर खस्दा गम्भीर घाइते भएका सुनारको भालुवाङ प्रस्तावित अस्पतालमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको छ ।।
प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार