२०८१ माघ १२ गते शनिवार

एमसीसी अघि बढाए सरकार छोड्ने माओवादीको निष्कर्ष



४ फागुन,काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति नभई एमसीसी अघि बढ्ने र त्यसको विपक्षमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको छ । यही निष्कर्ष लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार यथास्थितिमा सरकारले एमसीसी अघि बढाए माओवादीलाई नैतिक संकट पर्ने र त्यो अवस्थामा सरकारमा नरहने अवस्था आउनेबारे बैठकमा नेताहरूले ब्रिफिङ गरेका छन् ।

‘संसद् सुचारु नहुनेसम्म कुनै एजेन्डा अघि बढाउन सकिंदैन, संसद् अवरोधको अवस्थामा अघि बढ्ने र एमसीसी पेस भए हामी त्यसको विपक्षमा जाने भन्ने निर्णय भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘प्रस्तावको विपक्षमा उभिएपछि नैतिक रुपमा हामी सरकारमा बसिरहन मिल्दैन ।’ उनले यो विषयमा संसद्‌मा पर्याप्त छलफल हुने वातावरण बन्नुपर्ने बताए ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्