२०८१ मङ्सिर १६ गते आइतवार

बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन, ६ जना पक्राउ



४ फागुन,घोराही- एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको कारण जनजिवन प्रभावित बनेको छ । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

काठमाडौं उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। ती मध्ये तीन जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए।

पेट्रोल छर्केर ट्याक्सी जलाउन लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्।

बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्