४ फागुन,दाङ ।
दाङको घोराही उप–महानगरपालिका वडा नं २ मा रहेको ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कुलले सरस्वती पूजाको अवसर पारेर बालबालिकाहरुलाई सामूहिक अक्षरारम्भ गराउनुका साथै शिक्षाको विकासमा योगदान पू¥याउने सामुदायिक विद्यालयका पाँच जना सेवा निवृत्त प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ ।
सरस्वती पूजाका दिन आज मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिका वडा नं १ र २ का शिशु कक्षामा आउनसक्ने उमेर समूहका ३५ जना बालबालिकाहरुलाई सेवा निवृत्त प्रधानाध्यापकहरुबाट अक्षरारम्भ गराइएको हो । विद्यालयको सेवा क्षेत्रभित्र शिशु कक्षामा आउने उमेर समूहका विद्यार्थीहरुको पहिचान गरी अक्षरारम्भ गराइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालले जानकारी दिनुभयो । आज अक्षरारम्भ कार्यक्रममा सहभागि बालबालिकाहरुको निशुल्क भर्ना र यो शैक्षिक बर्षका लागि कुनै पनि प्रकारको शुल्क नलिइने र उनीहरुलाई आवश्यक पर्ने स्टेशनरी समेत निशुल्क उपलव्ध गराइने अध्यक्ष खनालले जानकारी दिनुभयो ।